नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारुले मतले १४८ अग्रता लिएका छन् । कांग्रेसका तप्त पौडेल दोस्रो स्थानमा छन् ।
अहिलेसम्मको मतगणना अनुसार एमालेका थारुले ४८९५ मत ल्याउँदै पहिलो स्थानमा छन् भने कांग्रेसका पौडेल ४७४७ मतका साथ दोस्रो स्थानमा छन् । पौडेल थारु भन्दा १४८ मतले पछि छन् ।
त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ३०५१ मत ल्याएका छन् । त्यस्तै जसपाका प्रेम डाँगीले ५२ यस्तै उपाध्यक्षमा एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको ४९७३, कांग्रेसकी मनिषासिंह थारुको ४७१६ र माओवादीकी मन्जु रोकायले २७१० मत पाएका छन् । अहिले वडा नम्बर ४, ८ र ९ को मतगणना जारी छ ।