नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट ठूलो मतान्तरले अगाडि छन् ।
वडा नम्बर १, २, ३, २०, २१, २२ र २३ नम्बर वडाको मतगणना सकिँदासम्म विष्टले ६६८७ मत पाएका छन् । नेकपा एमालेका पशुपतिदयाल मिश्र ३५९३ मतका साथ दोस्रो स्थानमा छन् । विष्ट मिश्र भन्दा ३०९४ मतले अघि छन् ।
राप्रपाका नन्दलाल बैश्यले २९५९ मत पाएका छन् । यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले ५७१६ मतका साथ अग्रता कायमै राखेका छन् । दोस्रोमा रहेकी राप्रपाकी विन्दु चर्ती मगरले ३६७७ मत पाउँदा एमालेकी शान्तिदेवी ढकालको ३४४९ मत आएको छ ।
अहिले वडा नम्बर ४, ५ र १९ को मतगणना भइरहेको छ ।