काठमाडौं । तीन किलो नक्कली सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मोहनलाल गुजराती रहेको प्रहरीले जानकारी दिएको छ। गुजरातीलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित शुक्रबार बिहान गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनको साथबाट नक्कली सुनको सिक्का बरामद गरेको प्रहरीले जानकारी दिएको छ। उनलाई ठगी मुद्दा चलाउने प्रहरीले बताएको छ।